
अर्थ नेपाल काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ ।
लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे भने कुष्मा शाखाको मेगा बैंक संचालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरेका थिए । लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी रहेको बैंकले जनाएको छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij