
अर्थ नेपाल काठमाडौं/प्रभु बैंकले शाखा विस्तारलाई तिब्र बनाएको छ । बैंकले एकै दिन दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले सिरहाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष श्री सन्तोस कुमार महतोले उद्घाटन गरे भने कपिलबस्तुको विजयनगर शाखा बिजयनगर गाउँपालिकाका अध्यक्ष श्री गोपाल बहादुर थापाले गरेका छन् ।
शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंले विश्वास लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij