
अर्थ नेपाल काठमाडौं/ नेपाल राष्ट्र बैंकले आजबाट रु ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १२ गतेबाट रु ५ सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको हो ।
साविककै आकार तथा रङमा आउने नयाँ नोटमा साविकको २ वटा बाघको साटो एउटामात्रै पाटे बाघको चित्र हुनेछ । साथै बैंकले यसअघि चलन चल्तीमा रहेका नोटहरुपनि यथावत राखेको जनाएको छ ।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र तल्लो भागमा गर्भनर चिरंजीवि नेपालको दस्तखत रहेको हुने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij