
अर्थ नेपाल काठमाडौं/ कोकाकोला नेपालले सञ्चालन गरेको स “कोक खाम् रसिया जाम” अभियान अन्र्तगत ४० जना बिजेता छनोट भएका छन् । विजेताको रसिया जाने र त्यहाँ लाग्ने सम्पूर्ण खर्च कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउने भएका छन् ।
यो योजनाअन्र्तगत अन्य १८ जना उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् । त्यस्तै १० हजार भन्दा बढीले फिफाको लोगो अंकित स्पिकर, हेडफोन, पेन ड्राइभ जितेका छन् । यो योजना फेव्रुरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ मा समापन भएको हो ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताका लागि अविस्मरणीय भएको बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij