२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बनेपामा एनआईसी एशिया बैंकको शाखारहित सेवा

बनेपामा एनआईसी एशिया बैंकको शाखारहित सेवा

1.8K
Shares

अर्थ नेपाल बनेपा /काभ्रेको बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीमाएनआईसी एशिया बैंकले पाँचौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरेका थिए। शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्त कुमार तामाङलाई नियुक्त गरेको बैंकले जनाएको छ।
शखारहित बैंकिङ्ग सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने भएको बैंकले जनाएको छ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले बताएको छ।
बैंकले १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान सेवा दिइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij