२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ

३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ

1.3K
Shares

अर्थ नेपाल काठमाडौं /पूर्व डिआइजी गोविन्द निरौला ३३ किलो सुन प्रकरणमा सलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
निरौला निवर्तमान आइजीपी प्रकाश अर्यालसँगै अवकाशप्राप्त पूर्व डिआइजी हुन् । उक्त प्रकरणमा निरौलासहित अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् । निरौलालाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो ।

निरौला गत माघ ९ गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij