२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेवामा सर्मपित डाक्टर

सेवामा सर्मपित डाक्टर

3.5K
Shares

डा. देवराज भारतीको जीवन संघर्ष आम मानिसको भन्दा फरक छ । सानैमा आमा बुबाको माया गुमाएर एक्लो भएका उनी आफन्तले एसओएस बालग्राम सुर्खेतमा राखिदिए पछि नयाँ यात्राको सुरु भयो । पढ्नमा तेज उनी पढाईसगैं अन्य अतिरिक्त क्रियाकलापमा पनि उतिकै सक्रिय हुन्थे । पाठ्यपुस्तकका साथमा अन्य ज्ञानबर्दक किताव पढ्न रुचाउने देवराज हाजिरिजवाफ प्रतियोगितामा स्कुलको पहिलो रोजाईमा पर्ने गर्दथे । उनी सहभागी भएको हाजिरिजवाफ प्रतियोगितामा देवराज सधै प्रथम हुने गर्दथे । सानैबाट डाक्टर बन्ने लक्ष्य लिएका देवराज त्यहि अनुसार मेहनतका साथ पढ्न थाले । २०५३ सालको एसएलसीमा उनले सुर्खेत जिल्ला टप गरेका थिए । एसएलसीको शिक्षा पछि भक्तपुरको एसओएस बालग्रामबाट उच्च शिक्षा लिएका देवराजले सरकारी छात्रवृत्तीमा काठमाडौं मेडिकलबाट एविविएसको शिक्षा पुरा गर्दै डाक्टर बन्न सफल भए । उनी अहिले आँखा रोग विशिषज्ञको रुपमा कार्यरत रहेका छन् । एविविएसको पछिको एमडिको अध्ययन पनि डा. भारतिले छात्रवृत्तीमा नै पुरा गरेका हुन । आफ्नो लक्ष्यमा दृढ भएमा जस्तो सुकै चुनौतिको पनि सामना गरेर सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहारण हुने डा.देवराज भारती । सानैमा मातृत्व गुमाएका उनले हरेक पलको अवसरलाई खेर जान दिएनन् । पलपलमा संघर्ष गर्दै अघि बढेका आज पनि हिजोको संघर्षको कारण सफल भएको अनुभति गर्दछन् । संघर्षको फल मिठो हुन्छ भने र्झै डा. देवराज भारतिको जीवन संघर्षको मैदानमा धेरै संघर्ष गरेकै कारण आज सफल डाक्टरको रुपमा जनताको मन जित्न सफल भएका छन् । शान्त स्वभावका उनी सबैसगं मिल्नुको साथै यो समाजमा केहि गर्नु पर्दछ भन्ने मान्यता राख्दछन् । त्यहि कारण आज उनी देशका विभिन्न भागमा पुगेर स्वास्थ्य शिविर मार्फत जनताको घरमा पुगेर सेवा गरिरहेका छन् । अस्पतालमा आएका विरामीको मात्र होइन गाउँको दुर दराजमा पुगेर उपचार गर्नु नै उनको लक्ष्य हो ।

२०५३ सालको एसएलसीमा उनले सुर्खेत जिल्ला टप गरेका थिए । एसएलसीको शिक्षा पछि भक्तपुरको एसओएस बालग्रामबाट उच्च शिक्षा लिएका देवराजले सरकारी छात्रवृत्तीमा काठमाडौं मेडिकलबाट एविविएसको शिक्षा पुरा गर्दै डाक्टर बन्न सफल भए । उनी अहिले आँखा रोग विशिषज्ञको रुपमा कार्यरत रहेका छन् । एविविएसको पछिको एमडिको अध्ययन पनि डा. भारतिले छात्रवृत्तीमा नै पुरा गरेका हुन । आफ्नो लक्ष्यमा दृढ भएमा जस्तो सुकै चुनौतिको पनि सामना गरेर सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहारण हुने डा.देवराज भारती ।

काठमाडौं मेडिकल कलेज अस्पतालमा एक वर्ष काम गरेका उनले केहि वर्ष गैरसहकारी संस्थामा काम गरे । सन् २०१२ सालमा आँखा रोगमा एमडी गरेपछि फत्तेबाल आँखा अस्पतालमा काम गर्न थालेका छन् । अहिले पनि त्यहि अस्पतालमा काम गरिरहेका छन् । त्यसको विचमा ६ महिना तिलगंगा आँखा अस्पतालमा अकोप्लास्टिमा को कोर्ष पुरा गरेका छन् । सानैदेखीको लक्ष्य पुरा हुँदा उनी जति खुशी थिए त्यो भन्दा बढि जम्मेवारी बोध गर्दै जनताको सेवामा खटिरहेका छन् । मेहनल र लक्ष्य प्रति दृढ भएको खण्डमा पैसाले अगाडी बढ्नलाई रोक्न नसक्ने उनको अनुभव छ । पैसाको महत्व आफ्नो ठाउँमा भएपनि यो नै सबै कुरा नभएको उनी बताउँछन् । उनको अवस्था डाक्टर बन्ने थिएन तर उनको कडा मेहनत र परिश्रमले नै आज उनी देशको जिम्मेवारी नागरिक बन्न सफल भएका छन् । हिजोको दिन सम्झदा उनको मन गौरान्वीत हुन्छन् । यदि एसोएस बालग्राम नगएको भए अहिले यो अवस्थासम्म आइपुग्न सकिने उनले बताए । जुन वातावरणमा उनी हुर्के त्यहि कारण आज उनी सामाजिक काममा सक्रिय छन् । जीवनलाई संघर्षको रुपमा बुझेका उनले हरेक समय मेहनतका साथ अघि बढ्नु पर्ने उनको मान्यता छ । सफलताको मार्गमा अघि बढ्नका लागि दुःख, कष्ट, मेहनत र लगनशिल हुन भने छोड्न नहुने डा.देवराज भारती बताउँछन् । अब उनको जीवनमा आफ्नै जन्म ठाउँमा आँखाको राम्रो सेन्टर खोल्ने लक्ष्य छ । सबै उपचार एकै ठाउँमा गर्ने वातावरण बनाउने उनको प्रण छ । अहिलेसम्मको अवस्था र उनको मेहनतले त्यो कुरा पुरा हुने देखिन्छ । उनी आफ्नो लक्ष्यमा दृढ छन् । आँखा रोगको डाक्टर भएको नाताले उनले नेपालको आँखा सम्बन्धी रोगको बारेमा राम्रोसंग जानकार छन् । आँखा रोगसम्बन्धी जनचेतनाको कमिको कारण समयमा उपचार गर्न आउने विरामीको संख्या कमि भए पनि अहिले भने उपचार गर्न अस्पतालसम्म आउने गरेका छन् ।

 

सफलताको मार्गमा अघि बढ्नका लागि दुःख, कष्ट, मेहनत र लगनशिल हुन भने छोड्न नहुने डा.देवराज भारती बताउँछन् । अब उनको जीवनमा आफ्नै जन्म ठाउँमा आँखाको राम्रो सेन्टर खोल्ने लक्ष्य छ । सबै उपचार एकै ठाउँमा गर्ने वातावरण बनाउने उनको प्रण छ ।

अन्य देशको भन्दा नेपालमा आँखा रोगको उपचार सस्तो भएको डा. देवराज भारती बताउँछन् । जसको कारण भारत तथा अन्य देशबाट आँखाको उपचार गर्न नेपाल आउने गरेका छन् । आँखा हाम्रो सम्बेदनशिल अंग भएको हुँदा यसको राम्रो हेरचाह गर्नु पर्ने उनको आग्रह छ । समयमा नै आँखाको उपचार गर्न सबैमा उनी अनुरोध गर्दछ । आजको सफलता उनी एसओएस बालग्राम साथीभाईको कारण सम्भव भएको बताउँछन् । अहिले श्रीमति तथा अन्य परिवारको सदस्यको पनि सहयोगको कारण जनताको काम गर्न सहज भएको बताउँछन् । उनी जनताको सेवा गर्दा पाउने सन्तुष्टि अरुमा पाउन नसकिने बताउँछन् ।

प्रस्तुति : मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij