२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकारिता अवार्डको मुख्य प्रायोजन गर्ने

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकारिता अवार्डको मुख्य प्रायोजन गर्ने

1.7K
Shares

अर्थ नेपाल काठमाडौं/ राष्ट्रिय फोटो पत्रकार समुहद्वारा आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकारिता अवार्डको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । मंगलबार एक कार्यक्रमबीच आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फबाट प्रमुख बजार व्यवस्थापक गणेश अवस्थीबीच सम्झौता भएको हो ।

उक्त कार्यक्रमको नाम ग्लोबल आइएमई राष्ट्रिय फोटापत्रकारिता अवार्ड २०७४ हुने समेत जनाइएको छ । योसँगै लाईफ टाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई बैंकको नामबाट वितरण गरिने आयोजक पक्षले जनाएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानित गरिनेछ । उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लबको हलमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि वितरण गरने आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij