२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

बाइक चलाउँदा यी १३ नियम पालना गरौं, दुर्घटनाबाट बच्न सकिन्छ

बाइक चलाउँदा यी १३ नियम पालना गरौं, दुर्घटनाबाट बच्न सकिन्छ

2.7K
Shares

अर्थ नेपाल काठमाडौं /बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीको कारणले यात्रा गर्न वा कही जानको लागि मोटरसाइकलको प्रयोग महत्वपूर्ण साधन भएको छ । शहर होस् या ग्रामीण क्षेत्र, हरेक क्षेत्रमा युवावर्गहरूमा बाइकको क्रेज बढ्दो छ । नेपाली बजारमा अहिले नयाँ नयाँ मोटरसाइकलहरु आयात भइरहेको छ । मोटरसाइकलको प्रयोग जति बढ्दै जान्छ त्यति नै सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको हुन्छ । नेपालमा हरेक दिन जसो कुनै न कुनै सवारी दुर्घटना भइरहेको समाचार आइरहेको हुन्छ । बढ्दो दुर्घटनाबाट बच्नको लागि निम्न उपाय अपानाउनु राम्रो हुन्छ ।

१. हेलमेटको प्रयोग
मोटरसाइकल चलाएको समयमा आफ्नो टाउको सुरक्षित राख्नु जरुरी छ । अधिकांश सडक दुर्घटनामा हुने मृत्युको कारण टाउकोमा गम्भीर चोट लाग्नु रहेको छ । त्यसैले यात्रा गर्दा जहिले पनि राम्रो गुणस्तरको हेलमेट प्रयोग गर्नु उचित हुन्छ । सुरक्षाको लागि बाइक चलाउँदा जहिले पनि हेलमेट लगाउनु अति आवश्यक छ ।

२. साइड स्ट्यान्ड
बाइक स्टार्ट गरिसके पछि साइड स्ट्यान्ड चेक गर्नु पर्छ । हुन त यो सानो कुरा हो तर पनि सुरक्षाको दृष्टिले साइड स्ट्यान्ड चेक गर्नु धेरै महत्वपुर्ण विषय हो । हतारमा भएर वा सानो कुरा मानेर यसलाई मानिसहरु त्यति ध्यान दिएका हुँदैनन् । तर कैयौं चोटी दुर्घटना साइड स्ट्यान्डको कारणले पनि हुने गरेको छ ।

३. बायाँ तर्फबाट सवारी चलाउनु
खाली सडकमा मनोमानी ढंगले बाइक चलाउनु पनि खतरा हुन सक्छ । सडक चाहे जति नै खाली भए पनि सवारी जहिले पनि बायाँबाट चलाउनु पर्छ । किनकि बाइक चलाउँदा कहिलेकाही होसै नहुने गरि पछाडिबाट कुनै पनि सवारी साधन आउन सक्छ । जसको कारण दुर्घटना हुने सम्भावना बढी हुन्छ ।

४. बायाँबाट कहिले पनि ओभरटेक नगर्नु
बायाँ साइडको बाटो जतिसुकै खाली भए पनि कहिले पनि बायाँ तर्फबाट ओभरटेक गर्नु हुँदैन । किनकि जुन साधनलाई ओभरटेक गर्न खोजेको हुन्छ त्यो साधन कुनै पनि समयमा बायाँ मोडिन सक्छ । यो समयमा बाइक चपेटामा पर्न सक्छ र दुर्घटना हुन सक्छ ।

५. प्रतियोगी नबनौ
बाइक चलाउँदा कहिलेकाही कुनै मोटरसाइकल वा कार आफू भन्दा स्पिडमा गुडेको देखर उत्साहित भएको पाइन्छ । त्यसलाई उछिनको लागि प्रतियोगिता समेत गरेको पाइन्छ । यस्तो कार्य कहिल्यै गर्नु हुँदैन । किनकि यस्तो गर्नु घातक हुन सक्छ ।

६. इन्डिकेटरको संकेत
सडकमा बाइक मोड्नु परेमा पहिला इन्डिकेटरले संकेत दिनु आवश्यक छ । यसले आफ्नो अगाडि वा पछाडिबाट आएको कुनै पनि साधनलाई तपाई मोडिने संकेत मिलेको हुन्छ र त्यसले सावधानी अपनाएको हुन्छ । मोड्नु परेमा जहिले पनि साइड मिरर हेरेर मात्र मोड्नु पर्छ ।

७. तनावमा ड्राइभिङ नगर्नु
तनाव भएको वेलामा कहिले पनि ड्राइभिङ गर्नु हुँदैन । किनकि तनावको समयमा ड्राइभ गर्दा कहिले पनि ड्राइभिङमा पूरा ध्यान हुँदैन जसले दुर्घटना निम्त्याउन सक्छ ।

८. मोबाइलको प्रयोग
ड्राइभिङको समयमा मोबाइलको प्रयोग गर्नु ट्राफिक नियम उल्लंघन गर्नु हो । ड्राइभिङको समयमा मोबाइलको प्रयोग गर्नु धेरै खतरनाक हुन्छ । मोबाइलमा कुरा गर्दा कुरामा ध्यान हुने र ड्राइभिङगमा ध्यान नहुने भएकोले दुर्भाग्यवश कुनै दुर्घटना हुन सक्छ । त्यसैले सवारी चलाउँदा कहिल्यै पनि मोबाइल फोनमा कुरा गर्नु हुँदैन र यदि गर्नु नै परेमा सडक किनारामा सवारी रोकेर मात्र कुरा गर्नु पर्छ ।

९. सडकमा रोकिरहेको गाडीमा ध्यान
बाइक चलाएको समयमा कहिले पनि सडक किनारा रोकिराखेको गाडीको नजिकबाट चलाउनु हुँदैन । किनकि गाडीको चालकले कुनै पनि समयमा गाडीको ढोका खोल्न सक्छ वा गुड्न सक्छ ।

१०. दुबै ब्रेक सँगै लगाउनु
बाइक चलाएको समयमा सबैभन्दा राम्रो दुबै ब्रेक एकै साथ समाउने कोशिश गर्नु हो । किनकि दुबै ब्रेक एक साथ लगाउनाले मोटरसाइकल चिप्लने सम्भावना कम हुन्छ ।

११. नियम पालन गर्नु
अधिकांश दुर्घटना यातायात नियमको पालना वा सावधानी नअपनाउनुको कारण भएको पाइन्छ । बाइक चलाउँदा यातायातको नियममा ध्यान दिनाले पनि दुर्घटनाबाट बच्न सकिन्छ । ट्राफिक नियमको पालना गर्नु र जक्सनमा स्पिड कम गर्नु वा आवश्यक परेमा रोक्नु राम्रो हो ।

१२. विस्तारै चलाउनु
सडकमा जहिले पनि बाइकको स्पिड ट्राफिक नियमद्वारा निर्धारित गरेको स्पिडको हिसाबले चलाउनु पर्छ । कहिल्यै पनि स्पिड लिमिट क्रस गर्नु हुँदैन । सुरक्षाको हिसाबले स्लो गाडी चलाउनु एक सही तरीका हो । ओभर स्पिड वा रफ ड्राइभिङ दुर्घटनाको कारण हुन सक्छ ।

१३ बाइक मेन्टिनेन्स
बाइकको नियमित रुपमा सर्भिसिङ गराउनु पर्छ । सबै पार्ट्सको सही तरिकाले जाँच गराउनु पर्छ । सर्भिसिङ गर्दा बाइकका सम्पूर्ण पार्टस्ले सही तरिकाले काम गरेको हुन्छ । लामो दुरीको यात्रा गर्दा जहिले पनि बाइकको सर्भिसिङ गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij