
अर्थ नेपाल काठमाडौं /नर्भिक इन्टरनेश्नल हस्पिटल र आइएमई जनरल इन्स्योरेन्सबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् ।
अब आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने इन्स्योरेन्सद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij