
अर्थ नेपाल काठमाडौं/ दश वर्ष सशस्त्र युद्ध गरेको तत्कालिन माओवादीको मूल हाँगो नेकपा एमालेसंग एकता गर्ने अन्तिम तयारीमा छ । विभिन्न नाम फेर्दै माओवादी केन्द्र बन्न पुगेको प्रचण्ड नेतृत्वको पार्टी युद्धकालिन सबै उद्देश्य र आर्दशलाई तिलान्जली दिएर एमालेमा विलय हुने तयारी गरिरहँदा माओवादी कै नाममा क्रान्तिकारी धार समातेको विप्लव नेतृत्वको पार्टी फेरी हतियार उठाउने शुसुप्त तयारीमा छ । त्यस्तै उद्देश्य राखेर गठन भएको मोहन बैद्य नेतृत्वको माओवादी विप्लवको पार्टीमा समाहित हुँदै हतियार उठाउने कुरालाई बल पु¥याउने तयारीमा छ ।
आम निर्वाचनको समय विप्लव नेतृत्वको माओवादीले आफ्नो उपस्थिती राम्रैसंग देखायो । निर्वाचनमा आतंक सृजना गर्दै पार्टीलाई स्थापीत गर्दै गर्दा बैद्य नेतृत्वको माओवादीले चुनावमा भाग लियो । देशभरीबाट करिब १२ हजार मतमा सिमित बैद्य नेतृत्वको माओवादी यतिबेला विप्लवसंग एकिकरण गर्ने निष्कर्षमा पुगेको छ । बैद्य र सिपी गजुरेललाई सम्मानित स्थानमा राखेर पार्टीको नेतृत्व नेत्र विक्रम चन्दले नै गर्ने सहमति नजिक पुगेको छ ।
माओवादी केन्द्र र एमाले विच एकिकरण भएलगतै यी क्रान्तिकारी धारका दुई पार्टी एउटै बनेर विद्रोहको योजना बनाउने स्रोतले बताएको छ । एकतालाई विलय ठान्ने यी दुई समुह माओवादी केन्द्रका क्रान्तिकारी कार्यकर्ता आफु तर्फ फर्कनेमा विस्वस्त छ । त्यसो हुँदा विद्रोहका लागि आवश्यक शक्ति सहजै निर्माण हुने उनीहरुको बुझाई छ ।
स्रोतको दावी अनुसार बैद्य समुहबाट माओवादी केन्द्रमा फर्केर महत्वपूर्ण जिम्मेवारी पाएका नेताहरुले उपयुक्त समयमा विद्रोह गरी हतियारबन्द विद्राहलाई साथ दिने छन् । माओवादी केन्द्रमा फर्केका रामबहादुर थापा, मातृका यादव, पम्फा भुसाल, देव गुरुङ लगायतका नेता पार्टी र सरकारमा महत्वपूर्ण भुमिकामा छन् ।
विप्लव समुहले विद्रोहका लागि हतियार समेत तयारी अवस्थामा राखेको उच्च स्रोतको दावी छ । शान्ति प्रक्रियाका बेला अनमिनको रोहबरमा करिब ३५ सय मात्र हतियार बुझाइएको थियो । जबकी माओवादीसंग ४५ हजार भन्दा बढि हतियार रहेको दावी गरिएको थियो । त्यतिबेला पनि सबै हतियार नबुझाइएको चर्चा व्याप्त थियो । नबुझाइएको ठुलो संख्याको हतियार बैद्य र विप्लवका
े कब्जामा रहेको दावी गरिएको छ । प्रदेश नम्बर ६ र ७ को उच्च पहाडी भेगमा सेनाको प्रारम्भीक स्वरुप निर्माण गरिएको छ । तत्काल सेना बनाउने योजना नभएपनि राज्य कठोर ढंजबाट प्रस्तुत भएकाले सेना गठन गर्ने आवश्यकता परेको विप्लव निटक एक नेताले बताए । कतिपय ठाउँमा विप्लवका सेनाहरुले समाजसेवाका नाममा आफ्ना आधार इलाका निर्माण गर्ने क्रममा रहेको बताइन्छ ।
पछिल्ला दिनमा सरकारले विप्लव माओवादीका कार्यकर्ता माथि गरेको धरपकटले पनि उनीहरुको गतिविधि बारे सरकार जानकार रहेको देखाउँछ । युद्धको अनुभव भएका नेता कार्यकर्ता अहिले पनि पर्याप्त मात्रामा भएकाले विप्लवले हतियार उठाउने कुरालाई सामान्य रुपमा लिन नसकिने जानकारहरु बतउँछन् । माओवादी केन्द्रको एमालेमा विलयले विप्लव र बैद्यको योजनालाई बल पुग्ने निश्चित छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij