२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोक कीर्ति जेष्ठ नागरिक कोष’ स्थापना

लोक कीर्ति जेष्ठ नागरिक कोष’ स्थापना

2.2K
Shares

अर्थ नेपाल काठमाडौं /काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘लोक कीर्ति जेष्ठ नागरिक कोष’को शुभारम्भ गरिएको छ । शुक्रबार एक समारोहकाबीच त्रि.वि.शिक्षण अस्पतालका कार्यकारी निर्देशक, प्रो.डा. दिपक प्रकाश महरा, स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक प्रो.डा लक्ष्मीराज पाठक, विपी कोइराला नेत्र अध्ययन संस्थानका निर्देशक प्रो.डा. आन्दन्द शर्मा, त्रि.वि शिक्षण अस्पतालका नर्सिङ निर्देशक कोपीला श्रेष्ठ पालिखे, विन्देश्वरी गुरुङ र कलाकार शिल्पा मास्केले संयुक्त रुपमा कोषको शुभारम्भ गरेका हुन् ।कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि अस्पतालका कार्यकारी निर्देशक प्रो.डा. महराले सरकारले निर्देशन नदिएकै कारण अस्पतालमा भर्ना भएका जेष्ठ नागरिकले सहुलियत पाउन नसकेको बताए ।
उनले भने,‘सरकारको निर्देशन पछि मात्रै अस्पतालले जेष्ठ नागरिकलाई सेवा सुविद्यामा सहुलियत दिन सकिन्छ । अन्य रोग मृगौला, स्पाइनर इन्जुरी लगायतका रोगमा सरकारले निर्देशन दिएको छ । हामीले सहुलियत दिएका छौ ।’

डा. महराले सरकारले जेष्ठ नागरिकलाई उपचारमा सहुलियतको निर्देशन नदिएको अवस्थामा कोषबाट जेष्ठ नागरिकले थप राहत पुग्ने बताए । उनले कोषलाई त्रिवि शिक्षण अस्पतालमा मात्र सिमित नराखि देशव्यापी रुपमा सेवा पु¥याउन आग्रह गरेका थिए । नर्सिङ निर्देशक पालिखेले शिक्षण अस्पतालले जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिन नसकेको अवस्थामा विरामीहरु त्यसै फर्कीनु परेको अवस्था रहेको बताए ।
उनले गरिवी र अभावका कारण समस्यामा परेका विरामीलाई कोषले थप सेवा पुग्ने बताइन् । विपी कोइराला नेत्र अध्ययन संस्थानका निर्देशक डा. शर्माले कोषलाई आफूले सक्दो सहयोग गर्ने भन्दै कामको प्रशंसा गरेका थिए ।
स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा. पाठकले कोषले जेष्ठ नागरिकका लागि स्वास्थ्य सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए । उनले आगामी दिनमा अन्य व्यक्तिहरुलाई समेत कोषले प्रेरणा दिन सकोस् भन्दै शुभकामना दिएका थिए । नर्सिङ उपनियन्त्रक विना महर्जनले जेष्ठ नागरिकको उपचारमा अस्पतालले ५० प्रतिशत छुट दिन सके कोषको रकम औषधीमा खर्च गर्न सहज हुने बताइन् ।
उनले सरकारले सबै अस्पतालमा जेष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत सहुलियत दिनुपर्ने बताइन् । नर्सिङ अधिकृत विन्देश्वरी गुरुङले कोषको स्थापना गरेर धेरै राम्रो कामको शुरुवात भएको बताइन् । कार्यक्रममा कोषका अध्यक्ष ओमकुमार मास्केले कोषको सेवालाई त्रिविमा मात्र सिमित नराखि आगामी दिनमा अन्य अस्पतालमा समेत विस्तार गर्ने बताए । त्रिविका पूर्व निर्देशक एवम् कोषका कोषध्यक्ष सिपी चन्द्र मास्केले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण सचिव रचना मास्केले गरेकी थिइन् ।
कोषले त्रिवि शिक्षण अस्पतामा भर्ना भएका ७५ वर्षभन्दा माथिका गरिब,असहाय जेष्ठ नागरिकको उपचारमा सेवा गर्ने लक्ष्य राखेको छ ।
हरेक महिना अस्पतालमा भर्ना भएका दुई जना जेष्ठ नागरिकको साधारण वेड खर्च १० हजार रुपैयाँ बराबर कोषले बेहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij