२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतमा नेपाली महिला ह्याण्डबल टोलीको ऐतिहासिक जित

भारतमा नेपाली महिला ह्याण्डबल टोलीको ऐतिहासिक जित

1.5K
Shares


अर्थ नेपाल पोखरा/नेपाली महिला ह्याण्डबल टोलीले विदेशी भूमिमा हाल सम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ । मित्र राष्ट्र भारतमा संचालित ५ औं महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजा स्वस्प दोश्रो स्थान हात पारेको हो । यो जित अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो समेत हो ।
भारतको लखनउमा २०१८ मार्च ३१ बाट अर्पिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित ग¥यो भने फाइनलमा भारत संग हार बेहोरेको थियो । राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तान लाई २३–४ र भुटानलाई २८–४ गोल अन्तरले पराजित गरेको थियो । तर फाइनलमा भने नेपाल भारत संग २४–५ गोल अन्तरले पराजित हुँदै दोश्रो स्थानमा चित्त बुझाएको थियो ।
नेपालका तर्फ बाट उमा राई (टिम कप्तान), बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देब कुमारी बास्कोटा, संगिता चौधरी, दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका थिए भने प्रशिक्षकमा अरुण लाल कर्ण र रमेश सापकोटा थिए ।
यो जितले नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदमा टिम गेममा पदकको सम्भावना लाई बलियो बनाएको नेपाल ह्याण्डबल संघका सचिव केशब पाठकले बताएका छन । आर्थिक अभावका कारण समयमा प्रशिक्षण हुन नसक्नु र ह्याण्डबलमा नयाँ प्रशिक्षकहरु नियुक्त हुन नसक्नुले पनि ह्याण्डबल खेल माथी उठन नसकेको उनको कथन छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले थोरै मात्रै ध्यान दिएमा नेपालको ह्याण्डबल खेलले दक्षिण एशियालाई उछिन्न सक्ने उनको दावी छ ।
करिब एक साता लामो भ्रमण पछि उ्रत्साहका साथ नेपाली टोली बुधवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij