२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी

वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी

1.9K
Shares

बर्दिया /सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका -३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ ।

इलाका सेक्टर वन कार्यालय, मैनापोखरीअन्तर्गत पर्ने मानझुनडी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फाडानी भएको हो ।

उपभोक्ताका लागि आन्तरिक खपत गर्ने बाहनामा फँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फाँडानी भएको तथ्य खुलेको हो ।

फँडानीमा सामुदायिक वनका पदाधिकारी र उपभोक्तामध्येका रुख कटानीको जिम्मा लिने ठेकेदारको मिलेमतो देखिन्छ ।

नेपालगन्ज गुलरिया सडकखण्डमा पर्ने मानझुन्डी सामुदायिक वनमा फडानी गरिएको सिसौं जातको एक सय २७ वटा रुख सामुदायिक कार्यालयमा संकलन गरेर राखिएको अवस्थामा भेटिएको छ ।

नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij