२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लाइसेन्सिङ परीक्षामा एक चौथाइ डाक्टर फेल

लाइसेन्सिङ परीक्षामा एक चौथाइ डाक्टर फेल

2.4K
Shares

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्सिङ परीक्षा (दर्ता प्रमाणपत्र परीक्षा) मा एक चौथाइ डाक्टर फेल भएका छन्। काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ जना सरिक भएकामा १ हजार २ सय १४ जना मात्र पास भएका छन्।

एमबीबीएस सकेर मुलुकमा चिकित्सा अभ्यास गर्न अनुमति लिन खोजेका ४ सय २४ जना अर्थात २५.८९ प्रतिशत पास हुन सकेनन्। लाइसेन्सिङ परीक्षा फेल भएकाले अब डाक्टरका रूपमा चिकित्सा अभ्यास गर्न नपाउने भएका छन्।

बीडीएस गरेका ३ सय ४ जनाले परीक्षा दिँदा २ सय ६५ जना दाँतका डाक्टरले लाइसेन्स परीक्षा पास गरेका थिए भने ४२ जना फेल भएका थिए। परीक्षामा मोबाइल, क्याल्कुलेटर, स्मार्ट घडीलगायत कुनै प्रकारका इलेक्ट्रोनिक साधन ल्याउनसमेत निषेध गरिएको थियो।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij