
काठमाडौं/उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट विद्यार्थी संगठनका नेता दीपेश पुनले कुनै बालुवा खानीमा आफ्नो लगानी नरहेको बताएका छन् ।
गोदावारी नगरपशलिका–८, डुकुछाप ललितपरस्थित ‘साईनिङ बालुवा वासिङ सेन्टर’मा पुनको लगानी रहेको समाचार आएपछि उनले विज्ञप्ती निकाले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘कुनै पनि अवैध काममा मेरो संलग्नता म आफै कल्पना गर्न सक्दिनँ । सबै प्रकारका अवैधानिक कामहरु बन्द हुनुपर्दछ । अवैध भनि समाचारमा आएको ‘साईनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन सबै प्रकारका अवैध बालुवा खानी र अवैध कामहरुलाई सम्बन्धित निकायले तुरुन्त बन्द गराउनुपर्दछ । म आजैको मितिदेखि ‘साईनिङ बालुवा वासिङ सेन्टर’लगायत सम्पूर्ण अवैध बालुवा खानीहरु बन्द गर्न, गराउन सम्बन्धित पक्षसँग आग्रह गर्दछु । अवैध कामहरुलाई रोक्न मेरो जुन भूमिका हुनुपर्ने हो, त्यो भूमिकाका लागि म सदा सर्वदा तयार छु । ’ पुनको विज्ञप्तीमा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij