२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यातायात मजदुर संघ प्रदेश ४ को अध्यक्षमा किरणबाबु पन्त

यातायात मजदुर संघ प्रदेश ४ को अध्यक्षमा किरणबाबु पन्त

1.2K
Shares

अर्थ नेपाल संवाददाता
पोखरा /नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले किरणबाबु पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा दिलबहादुर पराजुली, महिला उपाध्यक्षमा देवी कार्की, सचिवमा अर्जुन खनाल, सहसचिवमा ऐनबहादुर ऐर(सागर), कोषाध्यक्षमा ओमबहादुर श्रीषलाई चयन गरेको छ । समितिको सदस्यमा डिल्लिराम कोइराला, कृष्णबहादुर क्षेत्री (जीवन), गोविन्द पौडेल छन्।
संघका जिल्ला अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष पन्तले विधान बमोजिम ५ जना सदस्य मनोनितगरी संघलाई अघि बढाउने बताए । पन्तले यातायात क्षेत्रमा हुने अनियमितता, मजदुर संगठनले गर्दै आएको मजदुर बिरोधि गतिविधिलाई न्युन गर्दै संघको गरिमालाई उचो राख्ने बताए ।
यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले यातायात क्षेत्रमा सुधार आवश्यक भएको बताए ।
ेनेपाली श्रम बजारमा यातायात क्षेत्रलाई अझै उपेक्षित गर्दै आएको बताउँदै ट्रेड युनियन अधिकारमा जोड दिए ।
उनले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै ट्रेड युनियन अधिकार खोस्न खोजेको आरोप लगाए ।
मन्त्री पण्डितले नेपाली श्रमिक माथि एकाधिकार शैलीमा कब्जा जमाउने सुनियोजित षडयन्त्र गर्न लागेको भन्दै नेपालमा श्रम ऐनले दिएको अधिकार कसैले खोस्न नसक्ने ठोकुवा गरे ।
यात्रु मैत्री यातायात क्षेत्र बन्न सञ्चालक र मजदुरबीच भाइचाराको सम्वन्ध हुनुपर्ने भन्दै नेपाल ट्रेड युयिनन कांग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले कांग्रेसले ल्याएको नीति, सामाजिक सुरक्षा कोष तथा स्वतन्त्र व्यापारमा धावा बोले सरकारलाई छोडनै नसक्ने बताए ।
त्यसअवसरमा नेपाल यातायात मजदुर संघका केन्द्रीय सह कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य नवीन सिग्देल, यातायात व्यवसायी प्रेमप्रसाद पौडेल, मजदुर नेताहरु माधव बराल, रामप्रसाद अधिकारी, बलराम लामिछाने, जीतबहादुर गुरुङ, केशव भट्टराई, दामोदर पण्डित, अर्जुन खनाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij