
अर्थ नेपाल संवाददाता
काठमाडौं/बारा सिमरौनगढ र कास्की बुढीबजारमा जनता बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यसका साथै कैलालीको गौरीगंगा, बनवेहडा, दुर्गौली र गोदावरी, स्याउले बजार तथा दाङको राप्ती मौरीघाट र लमही फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ।
बैंकको ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij