
अर्थ नेपाल संवाददाता
सुर्खेत/ सुर्खेतको पूर्वी गुर्भाकोट नगरपालिका मालारानीको कोटखोला नजिक ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भे १ ख ६१६८ नम्वरको ट्याक्टर मालारानीको खरिगैरा बजारबाट सरिया लिएर सहारे गर्दा कोटखोला नजिक पल्टिदा चालक सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । घटनामा दुई जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत्यु हुनेहरुमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तवहादुर विक, शशिराम विक र नारायण खत्री रहेका छन् । घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij