२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अभिनेत्री खुस्बु खड्काले बालबालिकासंग जन्मदिन मनाइन

अभिनेत्री खुस्बु खड्काले बालबालिकासंग जन्मदिन मनाइन

1.9K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौँ/ नायिका खुश्बु खड्काले आफ्नो जन्मदिन राजधानीको धापासीमा अवस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’मा आश्रित अनाथ बालबालिकाहरुसंग मनाएकी छिन् । उनले बालबालिकाहरुलार्इ खान खुवाउनुका साथै खाद्यन्य सामाग्री वितरण गरेकी थिइन । जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको खुशी महसुस गरेको खड्का बताउँछिन् । आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने पनि उनले बताइन ।
संस्थाकि सस्थापक अध्यक्ष बिनिता अर्यालले संस्थामा २४ जना अनाथ अपाङ्ग बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको जानकारी दिइन ।  दर्जनौ राष्ट्रिय अवार्डबाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्त अभिनेत्री हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij