२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकद्धारा प्रहरी चौकी निर्माणका लागि ५ लाख सहयोग

लक्ष्मी बैंकद्धारा प्रहरी चौकी निर्माणका लागि ५ लाख सहयोग

2.1K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं / लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा भोक्राहामा प्रहरी चौकी निर्माणको लागि रु ५ लाखको सहयोग प्रदान गरेको छ । सोे शाखा कार्यालयको उद्घाटन कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई  चेक प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिनाभित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij