२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

1.6K
Shares

अर्थ नेपाल संवाददाता 

काठमाडौं / प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुनसहित दुई जना मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।
बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको हो।
रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनी मारिएका हुन्। उनीसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ। घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिको थियो, उपचारकै क्रममा उनको मृत्यु भएको ज्ञवालीले बताए। उनीहरु दुबै जनाको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij