२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेपालको केन्यामाथि रोमाञ्चक जित

नेपालको केन्यामाथि रोमाञ्चक जित

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ३ विकेटले जितेको छ ।
नामिबियामा जारी खेलमा आरिफ शेख र रोहितकुमार पौडेलको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तेस्रो जित दिलाएका हुन्।
आरिफ ४२ रन बनाएर आउट भए। यस्तै रोहित पौडेल ४७ रन बनाएर आएट भए। अन्तिम बलमा सोमपाल कामीले २ रन बनाएपछि खेल नेपालले ३ विकेटले जितेको हो।
१७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गर्दै धमाधम आफ्ना महत्वपूर्ण विकेट गुमाएको थियो। तर अन्तिममा विस्तारै रन लिएका नेपाली खेलाडीहरूले रोमाञ्चक जित दर्ता गर्दा गराएरै छोडे। नेपालका लागि सरद भेषवाकर पनि १९ रनको व्यक्तिगत स्कोरमा आउट भए। ५७ बल खेलेका उनले १ चौका प्रहार गरे।
यसअघि कप्तान पारस खड्काले नेपालका लागि केही आशा गर्ने ठाउँ बनाएका थिए। तर १८औं ओभरको पहिलो बलमा खड्का आउट भएका हुन्।
४४ बल खेले खड्काले ४२ रन मात्र बनाउन सके। २ छक्का र ३ चौका प्रहार गरेका उनी ५० रन पुरा गर्न ८ रनले चुकेका थिए। राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो।
त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई विकेट खेर फाल्यो। ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किएका थिए।

यो सँगै नेपाल विश्वकप छनोट खेल्न लगभग छनोट भएको छ। अब अन्तिम खेलमा क्यानडालाई जितेमा नेपालले समूह विजेता हुँदै विश्वकप छनोट खेल्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij