२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोल्पामा ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सुरु

रोल्पामा ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सुरु

1.3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं / रोल्पा जिल्लाको माडी गाउँपालिकास्थित घर्ती गाँउमा ग्लोबल आइएमई बैंकले शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ।
उक्त सेवाको उद्घाटनमादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले एक समारोहका बीच गरेका थिए । उक्त स्थानमा खोलिएको सेवाको लागि बैंकले स्थानीय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर शाखारहितसेवा सुरु गरिएको बैंकले जनाएको छ।
हाल बैंकको ११५ वटा शाखा, १२७ एटिएम, ६९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij