२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिनिधिसभाको समानुपातिक तर्फ कुन दलले कति सीट पाए ??

प्रतिनिधिसभाको समानुपातिक तर्फ कुन दलले कति सीट पाए ??

1.3K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शुक्रबार बसेको निर्वाचन आयोगको दाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।
एमालेले ४१ सिट, काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ ।
आयोगका अनुसार ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएका छन्।
निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत नकटाएकाले राष्ट्रिय पार्टी बन्न नसकेको पनि निर्वाचन आयोगले स्मरण गराएको छ । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),समाजवादी जनता पार्टी, जनजागरण पार्टी, नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल रहेका छन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ । सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ । सवैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामावली विवरण पेश गर्न  सोमबार अपरान्ह ५ बजे सम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij