२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पे गरौं, व्यावसाय बढाऔं भन्ने नारासहित आईएमई पे को बीटुबी सेवा सुरु

आइएमई पे गरौं, व्यावसाय बढाऔं भन्ने नारासहित आईएमई पे को बीटुबी सेवा सुरु

1000
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तिय सेवामा आधारित आईएमई पेले आफ्नो बी टु बी सेवा सुरुवात भएको घोषणा गरेको छ ।  आइएमईले देशव्यापी रुपमा सम्भावित व्यावसायीहरुलाई आइएमई पेका टच पोइन्टहरुको सञ्जालमा जोडिनका लागि आइएमई पे गरौं, व्यावसाय बढाऔं भन्ने नारासहित आफ्नो बी टु बी सेवालाई सञ्चालन गर्ने घोषणा गरेको हो ।

सो कम्पनीका अनुसार बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनिसमय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् । आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् ।

आईएमई पे को देशभरि नै १३५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् । आफ्ना सेवाग्राहीहरूसित अझ नजिक पुग्नका लागि आईएमई पे ले आफ्नो विद्यमान रेमिटेन्स एजेन्टहरूको सञ्जालको दायरा भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नोक्षेत्रलाई विस्तार गर्ने योजना बनाएको छ । अतस् त्यसका लागि मझौला र साना खालका किराना पसलहरूदेखि लिएर पुस्तैनी व्यवसायहरू, क्याफेहरू, मेडिकल स्टोरहरूका साथै यस्ता खुद्रा टच पोइन्टहरू सञ्चालन गर्न सक्ने देशभरिका सम्भावित वितरकहरू समेत यस सञ्जालमा जोडिन सक्दछन् र आफ्नो व्यवसाय विस्तारमा एउटा आयाम थप्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij