
अर्थ नेपाल संवाददाता
काठमाडौँ । नवलपरासी जिल्लाको वर्दघाट नगरपालिकामा रहेको वर्दघाटमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरेका थिए । संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराएका थिए ।
एनसीसी बैंक संचालक समितिका सदस्य माधव प्रसाद भट्टले यस शाखा मार्फत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै सवै आर्थिक क्रियाकलापलाई बैकिङ्ग सञ्जाल मार्फत जोडिने विचार व्यक्त गरे । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij