२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नायिका अशिष्मा नकर्मीले किनिन् ड्याटसन रेडी गो

नायिका अशिष्मा नकर्मीले किनिन् ड्याटसन रेडी गो

2.5K
Shares

 अर्थ नेपाल संवाददाताकाठमाडौं / नायिका अशिष्मा नकर्मी ड्याटसन रेडी गो कारको मालिक बनेकी छिन् । ड्याटसनको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले आफ्नो फेसबुक पेजमार्फत सो कुराको जानकारी गराएको छ ।अशिष्माले किनेको रेडी–गोेको मूल्य १९ लाख ५० हजार रुपैयाँ भएको कम्पनीले बताएको छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ ।पर्याप्त स्पेस, उत्कृष्ट इन–क्लास ग्राउन्ड क्लियरेन्स, इन्धनमा मितव्ययिता र क्रसओभरमा जिप्पी ड्राइभिङको रोमान्चकताले भरिएको ड्याटसन रेडी गोले इन्ट्री लेभलको कार सेगमेन्टलाई नयाँ परिभाषा दिएको बताएको छ । रेडी–गोेमा युकन नामक नयाँ जापनिज डिजाइन फिलोसोफी रहेको छ जसले बहादुर र बोल्ड भन्ने दर्शाउँछ ।ड्याटसन रेडी–गोेमा ड्याटसन प्रो–सेफ७ नामक वृहत सेफ्टी प्याकेज भएको बताइएको छ । यसमा सर्ट ब्रेकिङ डिस्ट्यान्स, हाई स्ट्रेन्थ बडी सेल, गुड भिजिबिलिटी र वाइडर भ्यु अफ द रोड जस्ता फिचर रहेका छन् । यसमा सुपेरियर सस्पेन्सन सिस्टम, एक्सिलेन्ट म्यानुभ्रेबिलिटी, हाई बोल्स्टर सपोर्ट ह्वाइल कर्न्रिङ, इनर्जी एब्जर्बिङ स्टेयरिङ ह्विल र ड्राइभर एयरब्याग जस्ता फिचर समेत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij