
अर्थ नेपाल संवाददाता
नुवाकोट/ शिवपुरी गाउँपालिका वडा नं. २, नुवाकोट स्थित ५ वटा विद्यँलयका विद्यार्थीहरुलाई नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले शैक्षिक सामाग्री वितरण गरेको छ ।
नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका कमचारीले करिब ३८० बालबालिकाहरुलाई स्कूल ब्याग, कापी, कलम, सिसाकलम आदि शैक्षिक सामाग्रीहरु वितरण गरेका हुन् ।
कार्यक्रम मानव धर्म सेवा समिति युवा संगठनको पहल तथा सक्रिय सहभागितामा शिवपुरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रुद्र गुरुको प्रमुख आतिथ्यामा भएको थियो ।
नुवाकोट स्थित बोर्ला भुमे निम्न माध्यमिक विद्यालय, शान्ति बुद्घ आधारभूत प्राथमिक विद्यालय, शिवपूरी महादेव आधारभूत विद्यालय, नवदिप ज्योति आधारभूत विद्यालय र चाँपावोटे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संसथाले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij