२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

कैलाशधाम र लुम्बिनीबीचको सम्बन्ध खोजी गर्न सुझाव

कैलाशधाम र लुम्बिनीबीचको सम्बन्ध खोजी गर्न सुझाव

2.3K
Shares

बिन्दु कुमार चौहान, रुपन्देही–  सरोकारवालाहरुले नवलपरासी जिल्लाको कैलाशधाम र लुम्बिनीको सम्बन्ध ऐतिहासिक रहेको भन्दै त्यसको खोजी गर्न सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा महानमानव गौतम बुद्धको जन्मस्थल रहेको तथा बुद्धको जन्म लुम्बिनीमा हुनुमा नवलपरासीको त्रिबेणी गाँउपालिका ४ स्थित कैलाशधामको  महत्वपुर्ण योगदान रहेको बताइएको छ ।
बुद्धलाई जन्म दिनुपूर्ब कोलिय बंशकी राजकुमारी छदा कैलाशधामस्थित गुफामा तपस्यालीन  भई गृहस्थ जीवनमा फर्की शाक्यबंशको राजकुमारसँग बिबाह पश्चात महापुरुष बुद्धको जन्म भएको भबिष्यबाणीले कैलाशधाम र लुम्बिनी बीचको सम्बन्ध खोजी गर्नुपर्ने विज्ञहरुको भनाई छ ।
लुम्बिनी आएका पर्यटकहरुलाई कैलाशधामको यात्रा अनिवार्य गर्नुपर्ने बौद्ध चारधाममा समाबेश गरि  लुम्बिनी बीचको ऐतिहासिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक रहेको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तइयका स्वकीय सचिव भोला गुप्ताले बताए ।
त्यस्तै कैलाशधाममा भएको भबिष्यबाणीको मायादेबीले पालना गरेकै कारण महामानव बुद्धको जन्म लुम्बिनीमा भएको ऐतिहासिक पृष्ठभूमि बिश्वमा प्रचारप्रसार गरेपछि स्वस्फूर्त दुबै आध्यात्मिक स्थलहरुको प्रबद्र्धन सुनिश्चित भएको कैलाशधामका प्रमुख सल्लाहकार गोबिन्द सुबेदीले बताए ।
त्यतिमात्र नभई मौषमका दृष्टिकोणले पनि लुम्बिनीमा आएका पर्यटकहरुलाई कैलाशधामको चिसो महशूश गराएपछि नेपालकै पर्यटन उद्योग फस्टाउन सक्ने लुम्बिनी पथप्रर्दशक संघका पूर्ब अध्यक्ष प्रहलादले जानकारी गराए ।
लुम्बिनी र कैलाशधामको पर्यटन प्रर्बद्धनका लागि राज्य तथा सरोकारवाला निकाय सडक, यातायात,खानेपानी,बिजुलीबत्ती लागायत आवश्यक पूर्बाधारहरु खडा गरि लुम्बिनीकैलाशधाम मार्ग जोडनुपर्ने रुपन्देही उद्योग बाणिज्य संघ रुपन्देहीका पर्यटन बिभाग संयोजक गोबिन्द ज्ञवालीको भनाई छ । @Ratopati

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij