२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणघाटमा यामाहा एफजी २५ को ‘राइड आउट’

नारायणघाटमा यामाहा एफजी २५ को ‘राइड आउट’

1.4K
Shares
अर्थ नेपाल संवाददाता

नारायणघाट/ यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि ‘एड्भेन्चर्स’ तथा रोमाञ्चक ‘राइड आउट’को दोस्रो संस्करण आयोजना गरेको छ। यसपटक एफजी २५ राइडरर्सलाई यामाहाले नारायणघाटस्थित डिलर नविन अटोबाट उडरक भिल्लामा लगेको थियो। पाँच समूहमा विभाजन २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो।

यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए। कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो। अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सिसीको शक्तिशाली इन्जिन छ। मोटरसाइकलमाथि नियन्त्रण सहज गर्न यसको वजन कम ९१४८ केजी० छ। यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको कम्पनीको दावी छ।यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्ने कम्पनीले जनाएको छ। वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको एफजी२५ तीन वटा रङ्गहरु ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij