२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

सगरमाथा इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

1.8K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /जनता बैक नेपाल लिमिटेड र सगरमाथा इन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए
बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने उद्देश्यले सगरमाथा इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको जनाएको छ । अब बैंकका ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij