२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज प्रदेश नम्बर २,५,६ र ७ को पहिलो प्रदेशसभा बैठक

आज प्रदेश नम्बर २,५,६ र ७ को पहिलो प्रदेशसभा बैठक

1.2K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /आज प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दै छ । प्रदेश २ को जनकपुरधाम, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो ।
सबैजसो प्रदेश सांसदहरु बैठकका लागि अस्थायी राजधानी पुगिसकेका छन् । चारवटै प्रदेशको बैठकको कार्यसूची पनि निर्धारण गरिसकिएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ । त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची छ ।
त्यसैगरी प्रदेश १ र ४ को बैठक सोमबार तय भएको छ । प्रदेश ३ को बैठक भने १८ माघमै सम्पन्न भइसकेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको २ महिनापछि आइतबार चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । अन्तिम निर्वाचन परिणाम आएको २० दिनभित्र पहिलो बैठक बस्नुपर्ने संबैधानिक व्यवस्था अनुसार प्रदेशसभा बैठक डाकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij