
अर्थ नेपाल काठमाडौं /प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको हो । आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका साथै सरकारी कार्यालय आगजनी र व्यापक तोडफोड भएको छ ।
दर्शनकारीले मदनचोकमा प्रहरीको गाडी नै फुटाएका छन् । प्रहरी प्रमुख सवार ना.१ झ १३१४ नम्बरको गाडी तोडफोड र तीनवटा मोटरसाईकल फुटाएका छन् । को.२९ प ३७५४, को.३२ प ४४०० र यलम्बर चोकमा को.१८ प ७३९३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटाबासीले अनिश्चितकालिन आमहड्ताल जारी राखेका छन् ।
आन्दोलनका क्रममा भएको झडपमा ३ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij