
अर्थ नेपाल काठमाडौं /आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक प्रदेश प्रमुख नियुक्त गरेको हो। बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा , ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भएका छन्।
सरकारले प्रदेश नम्बर १को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी अस्थायी मुकाम तोकेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij