
अर्थ नेपाल काठमाडौं /नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा उनले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गरका छन् । अध्यक्ष दाहाल प्रतिनिधिसभा सदस्य हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने नौ लाख ३९ हजार ९४० रुपैयाँ पेश भएको निर्वाचन कार्यालयले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij