२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

मधुको पिरती चोरदै रामजी (भिडियोसहित)

मधुको पिरती चोरदै रामजी (भिडियोसहित)

1.9K
Shares

अर्थ नेपाल काठमाडौं गायिका मधु क्षेत्रीले नयाँ गीत ‘पिरतीमा एक्का…’ लिएर आएकी छन् । मधुलाई राजी खाँडले स्वरमा साथ दिएको लोक दोहोरी गीत ‘पिरतीमा एक्का…’ मधुले स्रोता÷दर्शकमाझ सार्वजनिक गरेकी हुन् ।
मधुसुदन डाँगीको शब्द रहेको गीतलाई रामजीले नै सङ्गीत गरेका छन् । विक्रम चौहानको निर्देशन, अजय रेग्मीको छायाँकन र मिलन वि.क.को सम्पादन रहेको गीतको भिडियोमा रामजी, मधु र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।
थुप्रै गीत मार्फत दर्शक÷स्रोताको मन जित्न सफल मधुको केही समय अघि ‘ब्युटी ब्युटी छ…’ र ‘कुरा काटे पातै फरर…’ले राम्रै चर्चा पाएका थिए । पछिल्लो समय लोक गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । ‘मैले यसैलाई मध्यनजर गर्दै पिरतीमा एक्का बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।
विगत ७ वर्षदेखि नेपाली गीत÷सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र पदमादेवी सिङ्गालको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पिरतीमा एक्का…’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij