
अर्थ नेपाल काठमाडौं । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको मुलको पानीले बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएका छ । केहि समय अघि सार्वजनिक भएको मोहनी एल्वममा संग्रहित यस गीतको अडियोको चर्चासगैं भिडियो निर्माण गरेको गायिका घिमिरेले बताइन । यस एल्वममा संग्रहित रहेको काले दाईको भिडियोलाई दर्शक श्रोताले मन पराएका थिए ।

अभिनय क्षेत्रमा सफलताको शिखर चढ्दै गरेकी अभिनेत्री घिमिरे गायन क्षेत्रमा भने छोटो समयमा नै चर्चा कमाउन सफल भइन । सुमधुर स्वरकी धनी घिमिरेले संगीतको औपचारिक शिक्षा समेत लिएकी छिन् । अब गायन र अभिनय दुवै क्षेत्रलाई सगैं अघि बढाउने घिमिरेले हामीसंगको कुराकानीमा बताइन ।

सार्वजनिक भएको मुलको पानीमा पत्रकार शान्तिप्रियको शब्द रहेको छ भने दीपक शर्माको संगीत रहेको छ । म्युजिक भिडियोमा गायिका घिमिरेको साथमा नायक दिक्पाल कार्कीको अभिनय रहेको छ । घिमिरे र कार्कीको साथमा विगोर्खाली बाइजको पनि अभिनय रहेको छ । रुद्र बोहराको निर्देशन रहेको भिडियोमा राजन लामाको छायांकन, सन्तोष भारद्धाजको सम्पादन रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij