
अर्थ नेपाल काठमाडौं /बैंकका भिसा तथा क्रेडिट प्रयोगकर्ताको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म बचत हुने भएको छ । अर्थ नेपाल काठमाडौं बैंकका भिसा तथा क्रेडिट प्रयोगकर्ताको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म बचत हुने भएको छ । बैंकहरुले बिल भुक्तानीको रकम कार्डमार्फत तिर्दा सो रकमको १० प्रतिशतसम्म नगद रकम आफ्नै खातामा फिर्ता हुने योजना ल्याएका छन्। कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक, सेन्चुरी, ग्लोबल आइएमई, कुमारी, महालक्ष्मी विकास, मेगा, मुक्तिनाथ विकास, एनसिसी, राष्ट्रिय वाणिज्य, सानिमा र टुरिजम डेभलपमेन्ट बैंकका कार्ड होल्डरहरुले यो सुविधा पाउने छन्।हरेक सामान तथा सेवाको भुक्तानी कार्डमार्फत गर्दा आफ्नो खातामा ‘क्यास ब्याक’ को रुपमा जानेछ । यदी क्यास ब्याक नभएमा सम्बद्ध बैंकमा ग्राहकले गुनासो गर्न सक्नेछन्।
| कारोबार संख्या (मासिक) | नगद फिर्ता |
|
२% वा अधिकतमा १ सय रुपैयाँ |
|
५% वा अधिकतमा २ सय रुपैयाँ |
|
७% वा अधिकतमा ५ सय रुपैयाँ |
|
१०% वा अधिकतमा १ हजार रुपैयाँ |
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij