२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायिका मेलिना राईको दिलमा सजाउला (भिडियो सहित)

गायिका मेलिना राईको दिलमा सजाउला (भिडियो सहित)

1.1K
Shares

अर्थ नेपाल काठमाडौं /पाश्र्वगायनमा जमेकी गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार दिपेन्द्र थिङको सँगीतमा नयाँ गीत दिलमा सजाउला सार्वजनिक भएको हो । लामो समयदेखि प्रतिक्षा गरिएको गीतको भिडियो शुक्रबार युटुबमा सार्वजनिक गरिएको हो । संगीतकार को रुपमा स्थापित हुने क्रममा रहेका उनले यस गीतबाट दर्शक स्रोताको माया पाउने बिश्वास लिएका छन । आफुले धेरै मिहेनत र लामो समय को प्र्रतिक्षापछि सार्वजनिक गरिएकाले दर्शक तथा स्रोताको लागि गीत बिशेष लाग्ने उनको भनाई छ ।
रोमान्टिक शब्दहरुले भरिएको गीतमा मेलिनासँगै सुगम संगीतका प्रखर गायक सुमन केसीको स्वर छ । गीत दिपेन्द्र खड्काले लेखेका हुन । गीतको भिडियोमा चल्तीका मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठको अनस्कृन रोमान्स देख्न सकिन्छ । कुलेखानीको आकर्षक लोकेशनमा खिचिएको भिडियो गौरव गिरीको निर्देशनमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij