
काठमाडौं/ जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौताअनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ। वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ।
अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ। अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ।
उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौताअनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए। ‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने।
घरेलु कामदार पठाउने संस्थाहरुको विवरण
@setopati

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij