२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

2.3K
Shares

अर्थ नेपाल काठमाडौं / माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
सरकारले तोकेको मितिमा निर्वाचनका गर्नका लागि आज आयोगले सार्वजनिक गरेको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने छ । आयोगले माघ १० गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते नै उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । उच्च अदालत रहेका स्थानहरुमा विहान १० वजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

बुधबार बसेको आयोगको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि तयार गरिएको निर्वाचनसम्बन्धी कार्य तालिकालाई स्वीकृत गरी सार्वजनिक गरेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेका छन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ ।

आयोगले निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा २०७४ साल पुस २९ गते स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij