
अर्थ नेपाल काठमाडौं/स्टार वन इन्टरटेनमेन्ट प्रालिले सोमबार राजधानीमा एकै मञ्चमा बिबाहित र अबिबाहित महिलाबिच २ सौन्दर्य प्रतियोगिता आयोजना गरेको छ । पर्यटनका लागि सँगसँगै भन्ने मुल नाराका आयोजित किशोरीहरुको सौन्दर्य प्रतियोगितामा विशालनगरी रसि सुबेदीले मिस टिन टुरिज्म २०१८ को उपाधि चुमेकी छिन् । उनी मिस क्याटवाक र ब्युटी वीथ प्रपोज विजेतासमेत भएकी छिन् । सुर्यविनायककी सम्बीदा ओझा फष्ट रनर्सअप, बालाजुकी रमीना बिष्ट सेकेन्ड रनर्सअप, बालुवटारकी प्रशंसा पौडेल थर्ड रनर्सअप र बेष्ट स्कीन चुनिएको प्रतियोगितामा पुजा गुरुङ्ग, मष्ट पपुलर, प्रन्याहा जोशी बेष्ट हेयर, स्वेता थापा मष्ट फोटोजेनिक, रबिना विष्ट बेष्ट स्माइल, एलिसा राई बेष्ट फेशन आइकन, आष्मा खड्का बेष्ट फर्सनालिटी, शिला कोजु बेष्ट फिजिक, अन्जीता छनत्याल फेशबुक च्वाइस र बेष्ट स्पीच, सुगन्धा चौधरी मिस कन्जिनियालिट, प्रिया महर्जन मष्ट डिसिप्लेन, सम्बीदा ओझा मष्ट चार्मिङ्ग, पुजा गुरुङ्ग मीस ट्यालेन्ट, सुमीगा लामीछाने बेष्ट डान्स, मेघना महर्जन सोसियल्ली रेसपोन्सीबल, संचिता भट्टरराई मष्ट एकटीभ र रिया हरिजन मष्ट आइकनीक आइज भए ।

प्रतियोगितामा मिस नेपाल उशा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, नायक गजित बिष्ट, समाजसेवी बसन्त कुवंवर, नेपाल आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल तथा शिक्षक एवं संगितकार सरोज प्याकुरेल निर्णायक रहेका थिए । अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा गायक आनन्द कार्की र निजन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने गजित बिष्टले नृत्य प्रस्तुत गरेका थिए ।