
अर्थ नेपाल काठमाडौं / महिन्द्रा फोर ह्वील गाडीहरुको आज पुस २४ बाट निःशुल्क सर्भिसिङ सुरु भएको भएको छ । महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले महिन्द्रा फोर ह्वील गाडीहरुको लागि देशभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सभिसिङको व्यवस्था गरेको हो । महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना आगामी पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।
यो योजनामा निःशुल्क सर्भिसिङको साथसाथै स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा अन्य एसेसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको छ । कम्पनीले स्पेयर पार्ट्स खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एसेसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको बताएको छ ।
क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकले विभिन्न ७५ प्रकारका जाँच गर्नेछन् । यो फ्रि सर्भिसिङ सेवाको लागि ग्राहकले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ गर्न सक्नेछन् । टोल फ्रि नम्बरहरु १६६००–१००–२०० र एनसेलको ९८०१५७१२१२ मा सम्पर्क गरी थप जानकारी पाउन सकिने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij