२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

चिनियाँ चलचित्र र फोटो प्रदर्शन सम्पन्न

चिनियाँ चलचित्र र फोटो प्रदर्शन सम्पन्न

1.3K
Shares


अर्थ नेपाल पोखरा/ चिनियाँ सांस्कृतिक केन्द्र नेपालले शनिबार पोखरामा चाइनीज चलचित्र प्रदर्शन र फोटो प्रदर्शनीको आयोजना ग¥यो । नेपालमा चाइनीज संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले चलचित्र र फोटो प्रदर्शन गरिएको हो । पोखरा उद्योग वाणिज्य संघमा चाइनीज चलचित्र ‘वल्फ वारियर टू’ र चीनको संस्कृति, इतिहाँस र वातावरण झल्कने खालका तस्वीर प्रदर्शनी गरिएको सेन्टरका प्रोग्राम म्यानेजर वाङले जानकारी दिए ।


कार्यक्रमको उदघाटन गर्नुहुँदै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रदर्शनीले २ देशका सांस्कृतिलाई बुझ्न र पढ्न सहयोग पुगेको बताउँदै समय समयमा यस्ता कार्यक्रम हुनु पर्नेमा जोड दिए । चाइनाको विकास र प्रगतिलाई आत्मसाथ गर्न सके नेपालमा पनि विकास हुन सक्ने उनले बताए । सेन्टरले आयोजना गर्ने कार्यक्रममा महानगरपालिका सहकार्य गर्न तयार रहेको उनले बतए ।
चिनियाँ सांस्कृतिक केन्द्र का डाईरेक्टर ईन कुनसोङले नेपाल र चिनबीचको संस्कृतिलाई आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij