
मुलुकको आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण पुँजीगत बजेट खर्चको स्थिति अत्यन्तै निराशाजनक देखिएको छ ।
आर्थिक वर्षको०७४(७५ को साढे ५ महिना बितिसक्दा पूँजीगत खर्च जम्मा ११ प्रतिशत मात्रै भएको छ ।
सरकारले चालू आवका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेकोमा जम्मा ३८ अर्ब २९ करोड मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।
१५ पुससम्ममा भएको यो खर्च जम्मा ११ दशमलव ४३ प्रतिशत मात्रै हो ।
सरकारी संयन्त्रमा काम गर्ने व्यावसायिक दक्षता र क्षमता नहुनु पुँजीगत खर्च नहुनुको प्रमुख कारण रहेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् ।
‘पहिले बजेट विनियोजन गर्ने अनि खर्च गर्ने आयोजना खोज्ने प्रवृत्तिका कारण पुँजीगत खर्चको स्थिति निराशाजनक देखिएको हो,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताए ।
नयाँ पत्रिका दैनिकबाट
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij