२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

दक्षिण अफ्रिका मानव तस्करको नयाँ गन्तव्य

दक्षिण अफ्रिका मानव तस्करको नयाँ गन्तव्य

2K
Shares

मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षीय चित्रप्रसाद ढुंगेल मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको चन्द्रगिरि–१ बाट पक्राउ गरेको हो । दक्षिण अफ्रिकाबाट भागेर नेपाल फर्किएका तीनजना पीडितले उजुरी दिएपछि सिआइबीले ढुंगेललाई पक्राउ गरेको हो ।
प्रै युवा दक्षिण अफ्रिका पुगेको आशंका
प्रहरीका अनुसार ढुंगेलले कन्सल्टेन्सीमार्फत अन्य युवालाई पनि दक्षिण अफ्रिका पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पीडितहरूले दिएका बयानका आधारमा दक्षिण अफ्रिकामा अरू पनि थुप्रै नेपाली दुःख पाएका अवस्थामा छन् ।

दक्षिण अफ्रिका जान सात लाख
प्रहरीका अनुसार पीडितहरू भारतको दिल्ली हुँदै रोजगारका क्रममा दक्षिण अफ्रिका पुगेका थिए । उनीहरूले कन्सल्टेन्सीलाई प्रतिव्यक्ति सात लाख बुझाएका थिए ।

नयाँ पत्रिका  दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij