
अर्थ नेपाल काठमाडौं /चलचित्र ‘कृ’को पहिलो गीत ‘यति यति पानी गंगै रानी’ बोलको क्लब गीत, अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरले युटुब र सामाजिक संजालमा राम्रै चर्चा कमायो । यो चलचित्र माघ २६ गतेबाट देशभरका हलमा प्रर्दशन हुनेछ ।
गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ ।
गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रका मुख्य नायक अनमोल केसीलाई यो क्लब गीतमा फिचरिङ गरिएको छ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।
सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह(निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij