२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुष १९ गते मिस टिन कन्टेस्ट नेपालको फाइनल

पुष १९ गते मिस टिन कन्टेस्ट नेपालको फाइनल

1.7K
Shares

अर्थ नेपाल काठमाडौं /मिस टिन कन्टेस्ट नेपालको फाइनल यहि पुष १९ गते बुधबार हुने भएको छ । र्‍याम्प जोन इन्टरटेनमेन्ट प्रा।लिको आयोजनामा हुने यस प्रतियोगिताको फाइनलमा १७ प्रतिस्पर्धी छनोट भएका छन् । करिब एक महिना लामो प्रशिक्षण पछि प्रतियोगिहरुलाई फाइनल प्रतिस्पर्धामा उर्तान लागिएको र्‍याम्प जोन इन्टरटेनमेन्ट प्रा।लि की अध्यक्ष रमि श्रेष्ठले जानकारी दिइन । काठमाडौंको राष्ट्रिय नाचघर जमलमा यस प्रतियोगिताको फाइनल हुनेछ । अन्तिम प्रतिस्पर्धामा चयन भएकाहरु यतिबेला विभिन्न प्रशिक्षणमा व्यस्त छन् ।
यस प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीहरुमा साधना खड्का, पुजा आचार्य, एलिसा स्याङतान, समिक्षा तामाङ, दीपीका खड्का, स्वस्तिका रेग्मी, निरुता चौधरी, जेस्बिका कार्की, सन्जना उप्रेति, रिना लामा, सुभेच्क्षा राई, आश्मा अर्याल, वर्षा कोइराला, सञ्जिता पाठक, प्रविणा शाही, सुभद्रा न्यौपाने र एनिशा लामा रहेका छन् ।
अश्विनी झाले कोरियोग्राफीसहित व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिइरहेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार उपाधि विजेताले विभिन्न उपहार र पुरस्कारसागै विभिन्न अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताको संयोजक रेणु सेञ्चुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij