२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गायक अजय अधिकारीको “भनौं नभनौं ” सार्वजनिक (भिडियो सहित)

गायक अजय अधिकारीको “भनौं नभनौं ” सार्वजनिक (भिडियो सहित)

1K
Shares

अर्थ नेपाल काठमाडौं: गायक अजय अधिकारी सुशिलको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। ‘भनौं नभनौं’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो।
लोक पप भाकाको गीतमा शब्द, संगीत अजयकै रहेको छ भने स्वरमा उनलाई गायिका समिक्षा बस्नेत र र्‍यापर निर्णय एनएसकेले साथ दिएका छन्।
सार्वजनिक गीतको भिडियोमा अजय स्वयंम, मानस सुवाल र रीमा विश्वकर्माको फिचरिङ रहेको छ। भिडियो निर्देशन निर्णयले गरेका हुन्। अजयले यसअघि ‘रहर’, ‘फेरि अर्को रहर’, ‘मनको रहर’, ‘यो कस्तो रहर’, ‘दसैं तिहार’ र तिज गीत ‘पानी नखाई बस्नै पर्दैन्’ ६ वटा एल्बम बजारमा ल्याइसकेका छन् । आफुले रहरले कलाकारिता क्षेत्रमा आएको हुँदा एल्बममा ‘रहर’ जोड्ने गरेको कलाकार अजयले बताए । कलाकार अजयले सन्देशमूलक गीत गाउँदै आएका छन् । यस पटकचाँही मन परेको मान्छेलाई भन्न नसकेको कुरा गीतबाट व्यक्त गरिदिएका छन् । उनले फिल्म, म्युजिक भिडियो, विज्ञापनमा अभिनय समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij